खेलकूद
कोष्टारिकासँग जापान १–० गोलअन्तरले पराजित
२०७९ मंसिर ११ गते १८:०७

११ मंसिर २०७९ काठमाडौं । विश्वकप फुटबलमा कोस्टारिकाले जापानलाई पराजित गरेको छ ।
कतारको अहमेद बिन अली रंगशालामा आज भएको खेलमा कोस्टारिकाले जापानलाई १–० गोल अन्तरले हराएको हो ।
समूहको ई कै अर्को खेल स्पेन र जर्मनीबीच अल बायत रंगशालामा राति पौने १ बजे हुनेछ ।
समूह एफ अन्तरगत साँझ पौने सात बेल्जियम र मोरोक्कोबीच खेल हुनेछ । आजै क्रोएसिया र क्यानडा भिड्नेछन् ।
प्रतिक्रिया