खेलकूद

अस्ट्रेलियाले ट्युनिसियालाई हरायो

२०७९ मंसिर १० गते २०:४१
अस्ट्रेलियाले ट्युनिसियालाई हरायो

१० मंसिर २०७९ काठमाडौं । कतारमा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘डी’ मा रहेको अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरेको छ ।

कतारको अल जानौब रङ्गशालामा आज भएको खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । अस्ट्रेलियाको लागि मिचेल डुकले गोल गरे । खेलको २३औँ मिनेटमा मिचेल डुकले गरेको एक गोल नै अस्ट्रेलियाको लागि निर्णायक गोल सबित भयो ।

यस जितसँगै अस्ट्रेलियाले ३ अङ्क जोडेको छ । अस्ट्रेलियाले पहिलो खेलमा फ्रान्ससँग पराजित भएको हो । यता पराजित ट्युनिसिया पहिलो खेलमा डेनर्माकसँग बराबरी खेल्दै १ अङ्क जोडेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्