खेलकूद

विश्वकप फुटबल प्रतियोगिता : रोनाल्डोको कीर्तिमानी गोलको मद्दतमा पोर्चुगलद्वारा घाना पराजित

२०७९ मंसिर ९ गते ७:५०
विश्वकप फुटबल प्रतियोगिता : रोनाल्डोको कीर्तिमानी गोलको मद्दतमा पोर्चुगलद्वारा घाना पराजित

९ मंसिर २०७९ काठमाडौं । कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा पोर्चुगलले घानालाई पराजित गरेको छ । केहीबेर अघि सम्पन्न खेलमा पोर्चुगलले घानालाई ३–२ गोलअन्तरले पराजित गरेको हो ।

पहिलो हाफसम्म दुवै टोलीले गोल गर्न सकेनन् । मध्यान्तरपछि खेलको ६५औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई सुरुआति अग्रता दिलाएका थिए । घानाका मोहमदले रोनाल्डोलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेर लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको हो । रोनाल्डो सहभागी भएको यो पाँचौँ विश्वकप हो । उनी लगातार पाँचवटा विश्वकप खेल्दै गोल गर्ने कीर्तिमानी खेलाडी बनेका छन् । रोनाल्डोले यसअघि सन् २००६, २०१९, २०१४ र २०१८ मा भएको विश्वकप फुटबल प्रतियोगिता पनि खेलेका थिए ।

यस्तै खेलको ७३औँ मिनेटमा घानाका आन्द्रे एयुले गोल गर्दै खेललाई १–१ को बराबरीमा पु-याए । लगत्तै खेलको ७७औँ मिनेटमा जोआ फेलिक्सले गोल गर्दै पोर्चुगललाई २–१ को अग्रता दिलाए । खेलको ७९औंँ मिनेटमा राफायल लियोले गोल गर्दै पोर्चुगललाई ३–१ को अवस्थामा पु¥याए ।

यसैगरी खेलको ८९औँ मिनेटमा घानाका ओस्मान बुकारीले गोल गर्दै पोर्चुगलमाथि दबाब सिर्जना गरे । घानाले अन्तिम समयसम्म बराबरीको प्रयास गरे पनि पोर्चुगललाई हराउन भने असफल भयो । पोर्चुगलले ३–२ गोलका साथ खेल आफ्नो पक्षमा पा¥यो । जीतसँगै समूह ‘एच’ मा रहेको पोर्चुगलले तीन अङ्क जोडेको छ । पोर्चुगल आफ्नो समूहको शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्