आर्थिक

अर्थतन्त्रमा सुधार, बढ्यो शाेधनान्तर बचत (भिडियो रिपोर्टसहित)

२०७९ कार्तिक ३० गते २०:४२
अर्थतन्त्रमा सुधार, बढ्यो शाेधनान्तर बचत (भिडियो रिपोर्टसहित)

३० कात्तिक २०७९ काठमाडौं । नेपालको सुरक्षा संयन्त्र आसन्न निर्वाचनलाई भयरहित रुपमा सम्पन्न गराउन आवश्यक सुरक्षा रणनीतिका साथ कार्यक्षेत्रमा होमिएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी निर्वाचन सुरक्षाका लागि परिचालित भएका छन् । संवेदनशीलताको आधारमा मतदान केन्द्रहरुको वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाइएको छ ।

निर्वाचनको सुरक्षा तीन तहको घेराबाट गरिने छ । पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा सेनाले सुरक्षा दिनेछ । करिब ७९ हजार नेपाल प्रहरी, ७१ हजार नेपाली सेना, ३२ हजार सशस्त्र प्रहरी निर्वाचनमा खटिने छन् ।

यस्तै निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गरी परिचालन गरिसकिएको छ । मतदान केन्द्रको सुरक्षामा म्यादी प्रहरी र नेपाल प्रहरी खटिनेछन् । त्यसभन्दा बाहिर राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन हुनेगरी निर्वाचनको सुरक्षा व्यवस्था मिलाइएको छ । मतदान केन्द्र आसपास प्रहरीको मोबाइल टोली र रिजर्भ टोली पनि रहनेछ ।

सुरक्षा जोखिम र चुनौतीका आधारमा गृह मन्त्रालयले मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा बाँडेको छ ।

देशभरका करिब २२ हजार मतदान केन्द्रमध्ये ३ हजार ६५ केन्द्रलाई अति संवेदनशील र ३ हजार ३ सय ४८ वटालाई संवेदनशील भनेर वर्गीकरण गरिएको छ । बाँकीलाई सुरक्षा जोखिमका हिसाबले सामान्य मतदान केन्द्र मानिएको छ । विगतको अनुभव र घटनालाई विश्लेषण गरेर सुरक्षा चुनौती आकलन गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले निर्वाचन बहिष्कार गरेका विप्लव नेतृत्वको पार्टीलगायत दल, भौगोलिक विकटता, अन्तरपार्टी विवाद, उम्मेदवारको पृष्ठभूमि, नेताहरूका आरोपप्रत्यारोप र सामाजिक सञ्जालको दुरुपयोगलाई सुरक्षा चुनौतीका रूपमा लिएको छ । यस्तै खुला सिमानाबाट हुने सक्ने आपराधिक गतिविधिलाई पनि ध्यानमा राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *