खेलकूद

दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले यूएईलाई तीन विकेटले हरायो

हिमालय टिभी
२०७९ कार्तिक ३० गते १७:१८
दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले यूएईलाई तीन विकेटले हरायो

३० कात्तिक २०७९ काठमाडौं । तल्लो क्रममा आरिफ शेख र गुल्शन झाले ६२ रनको अर्धशतकीय साझेदारी गर्दा युएईविरुद्धको सिरिजको दोस्रो खेलमा नेपाल विजयी भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज युएईलाई ३ विकेटले हराउँदै नेपालले ३ खेलको एक दिवसिय सिरिजमा १-१ को बराबरी गरेको हो । १ सय ९२ रनको विजयी लक्ष्य नेपालले ४७ ओभर ५ बलमा ७ विकेट गुमाएर भेटटयो ।

खराब ब्याटिङ गरेको नेपालले एक समय १ सय ६ रन बनाउँदा ६ विकेट गुमाएको थियो । तर सातौं विकेटका लागि तल्लो क्रममा आरिफ र गुल्शनले ६२ रनको साझेदारी गर्दै जित नजिक पुर्याए ।

नेपालको जितमा गुल्शनले सर्वाधिक ३७ रन बनाए । त्यस्तै, कुशल भुर्तेलले ३५, आरिफले नटआउट ३३, ज्ञानेन्द्र मल्लले २६ रन बनाउँदा सोमपाल कामीले नटआउट १६ रन जोडे । बलिङमा रोहन मुस्तफाले ३, हजरत बिलालले २ र बसिल हामिदले १ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ९१ रन बनायो । ओपनरद्धय मोहम्मद वासिम र वृत्य अरविन्दले ७२ रनको साझेदारी गर्दै युएईलाई शान्दार सुरुवात दिलाए । तर १२ औं ओभरमा दीपेन्द्र सिंह ऐरीले २५ रन बनाएर खेलिरहेका वृत्यलाई सोमपाल कामीबाट क्याच गराए ।

त्यसपछि भने युएईले लगातार विकेट गुमायो । मोहम्मद वासिमले सर्वाधिक ५० रन बनाए । मध्येक्रममा एलिशान शराफुले ३५, बासिल हामिदले २४ र कप्तान सिपी रिजवानले २२ रन जोडे ।

सिरिजमा नेपाललाई पुनरागमन गराउन सोमपाल कामी र ललित राजवंशीले ३९३ विकेट लिए । त्यस्तै कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा र करण केसीले १९१ विकेट लिए । ३ खेलको एक दिवसिय सिरिजको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो । अब सिरिजको तेस्रो तथा निर्णायक खेल शुक्रबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्