खेलकूद

हिमालय टेलिभिजनबाट विश्वकप फुटबल लाइभ देखाउने बाटो खुल्यो

हिमालय टिभी
२०७९ कार्तिक ३० गते १६:४३
हिमालय टेलिभिजनबाट विश्वकप फुटबल लाइभ देखाउने बाटो खुल्यो

३० कात्तिक २०७९ काठमाडौं । कतार–विश्वकप फुटबल प्रसारणमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै थप शुल्क उठाउन बाटो खोलेको छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले मिडिया हबलाई थप शुल्क उठाउने प्रक्रिया अघि बढाउन बाटो खोलिदिएको हो ।

यसअघि न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले विश्वकप फुटबल हेर्न थप शुल्क लिने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

आज दुबै पक्षलाई छलफलमा बोलाएर सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो । योसँगै अब विश्वकप फुटबल हेर्न थप शुल्क तिर्नुपर्नेछ ।

विश्वकप फुटबल टेलिभिजन प्रसारणको अधिकार लिएको मिडिया हबले टेलिभिजन ग्राहकसँग थप ५ सय रुपैयाँ लिने प्रक्रिया अघि बढाएपछि अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले शुल्क नलिन आदेश माग गर्दै रिट दायर गर्नुभएको थियो ।

कतारमा हुने फिफा विश्वकप २०२२ को प्रसारण हिमालय टेलिभिजनमा हुँदैछ । टेरिटोरी लक हुने गरी एक्सक्लुसिभ अधिकार लिएको मिडिया हबले हिमालय टेलिभिजनबाट मात्र प्रसारण गर्न लागेको हो । फाइनलसहित ४ खेल भने हिमालय टेलिभिजनले नि:शुल्क देखाउने छ ।

प्रतिक्रिया

One thought on “हिमालय टेलिभिजनबाट विश्वकप फुटबल लाइभ देखाउने बाटो खुल्यो

  1. यो गेम हेर्न रकम कसरी कहाँ तिर्ने हो ।म चित्वनको चित्रवन केबल मार्फत टि भि हेर्छु। कुन ठेगानाको अन्लाइन बाट रकम तिर्न मिल्छ बताइदिन सके आभारी हुने थिये।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्