खेलकूद

हिमालय टेलिभिजनबाट विश्वकप फुटबल लाइभ देखाउने बाटो खुल्यो

हिमालय टिभी
२०७९ कार्तिक ३० गते १६:४३
हिमालय टेलिभिजनबाट विश्वकप फुटबल लाइभ देखाउने बाटो खुल्यो

३० कात्तिक २०७९ काठमाडौं । कतार–विश्वकप फुटबल प्रसारणमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै थप शुल्क उठाउन बाटो खोलेको छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले मिडिया हबलाई थप शुल्क उठाउने प्रक्रिया अघि बढाउन बाटो खोलिदिएको हो ।

यसअघि न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले विश्वकप फुटबल हेर्न थप शुल्क लिने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

आज दुबै पक्षलाई छलफलमा बोलाएर सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो । योसँगै अब विश्वकप फुटबल हेर्न थप शुल्क तिर्नुपर्नेछ ।

विश्वकप फुटबल टेलिभिजन प्रसारणको अधिकार लिएको मिडिया हबले टेलिभिजन ग्राहकसँग थप ५ सय रुपैयाँ लिने प्रक्रिया अघि बढाएपछि अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले शुल्क नलिन आदेश माग गर्दै रिट दायर गर्नुभएको थियो ।

कतारमा हुने फिफा विश्वकप २०२२ को प्रसारण हिमालय टेलिभिजनमा हुँदैछ । टेरिटोरी लक हुने गरी एक्सक्लुसिभ अधिकार लिएको मिडिया हबले हिमालय टेलिभिजनबाट मात्र प्रसारण गर्न लागेको हो । फाइनलसहित ४ खेल भने हिमालय टेलिभिजनले नि:शुल्क देखाउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *