खेलकूद

आर्सनल, इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

हिमालय टिभी
२०७९ कार्तिक २१ गते ९:२१
आर्सनल, इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

२१ कात्तिक २०७९ काठमाडौं । आर्सनल, इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा चेल्सीलाई १–० गोलले हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो । आर्सनलको जितमा गाब्रियल मागल्हेसले निर्णायक गोल गर्नुभयो । जितसँगै आर्सनलले १३ खेलमा ३४ अङ्क जोडेको छ ।

अर्को खेलमा म्यानचेस्टर युनाईटेडलाई एस्टन भिल्लालाई ३–१ गोलले हराएको छ भने न्युकासल युनाईटेडले साउथह्याम्पटनलाई ४–१ गोलले पराजित गरेको छ । हिजैको अर्को खेलमा वेस्ट ह्यामले क्रिस्टल प्यालेसलाई २–१ गोलले पराजित ग-यो ।

लिगअन्तर्गतको अर्को खेलमा लिभरपुलले टोटेनहम हट्सपरलाई पराजित गरेको छ । लिभरपुलले टोटेनहमको मैदानमा २–१ को जित निकाल्दा सलाहले पहिलो हाफमा गर्नुभएको दुई गोल नै निर्णायक सावित भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्