खेलकूद

प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदै

हिमालय टिभी
२०७९ कार्तिक २० गते ८:३७
प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदै

२० कात्तिक २०७९ काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् ।

समूह बी को खेलमा प्रदेश–१ र लुम्बिनी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । समान ३ खेलबाट समान २ अंकसहित लुम्बिनी तेस्रो र प्रदेश–१ चौथो स्थानमा छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेला विहान साढे नौ बजे शुरू हुनेछ ।

उता समूह ए अन्तर्गत गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । ३ खेलबाट ५ अंक जोडेको गण्डकी दोस्रो स्थानमा छ ।

तेस्रो स्थानको आर्मीले भने २ खेलबाट २ अंक जोडेको छ । मूलपानी मैदानमा समूह बी को खेल साढे नौ बजे नै शुरू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्