माओवादी संविधान रक्षाको लडाइँमाः अध्यक्ष प्रचण्ड
१६ कात्तिक २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी अहिले संविधान रक्षाको लडाइँमा रहेको बताउनु भएको छ ।
संविधान निर्माणमा माओवादीकै ठूलो योगदान रहेको भन्दै प्रचण्डले संविधान रक्षाको लडाइँ पनि माओवादीले लडिरहेको बताउनु भएको हो ।
गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिले आयोजना गरेको निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले मुलुकको आर्थिक सामाजिक रुपान्तरणका लागि संरचनागत सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।
अहिले आर्थिक समृद्धि र आर्थिक क्रान्ति गर्न क्रमभंग गर्नुपर्ने अवस्था आएको भन्दै अध्यक्ष प्रचण्डले अब शान्तिपूर्ण आर्थिक क्रान्ति सम्पन्न गरिने दाबी गर्नुभयो।
प्रचण्डले आगामी निर्वाचनमा दुई विचार, प्रवृत्ति, संस्कृति र गठबन्धन आमनेसामने भएको भन्दै प्रतिगमनकारी गठबन्धनलाई निर्वाचनमार्फत पराजित गर्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो।
प्रतिक्रिया