खेलकूद

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज २९ खेलहरू हुँदै

हिमालय टिभी
२०७९ असोज २९ गते ९:२३
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज २९ खेलहरू हुँदै

२९ असोज २०७९ काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज विभिन्न २९ खेलहरू हुँदैछन् ।

नवौं अन्तर्गत आज एथलेटिक्स पोखरा रङ्गशाला, ब्याडमिन्टन पोखरा रङ्गशालाको कभर्ड हल, महिला क्रिकेट पोखरा रङ्गशाला, पुरुष फुटबल गोस्टेघाट, महिला फुटबल वालिङ, टेनिस पोखरा रङ्गशाला, बक्सिङ पोखरा रङ्गशाला, पुरुष भलिबल पोखरा रङ्गशाला, महिला भलिबल म्याग्दी, महिला ह्यान्डबल पोखरा रङ्गशाला, महिला ह्यान्डबल पोखरा रङ्गशाला र सफ्ट टेनिस पोखरा रङ्गशाला हुनेछ ।

पुरुष बास्केटबल पोखरा रङ्गशाला, महिला बास्केटबल तनहुँ, स्क्वास पोखरा रङ्गशाला, आर्चरी पोखरा रङ्गशाला, शारीरिक सुगठन पोखरा सभागृह, पौडी फिस्टेल एकेडेमी, कराते कुश्मा पर्वत, फुलकन्ट्याक्ट कराते पोखरा रङ्गशाला, बुद्धिचाल गोर्खा, महिला हक्की गण्डकी बोर्डिङ स्कुल, पुरुष हक्की गौरीशङ्कर खेल मैदान पोखरा, सुटिङ काठमाडौँ, गल्फ पोखरा हिमालयन गल्फ कोर्स, साइक्लिङ रानीबन पोखरा, तेक्वान्दो म्याग्दी कभर्डहल र आइटिएफ तेक्वान्दो बागलुङ कभर्ड हलमा हुनेछ ।

त्यस्तै टेबल टेनिस कोल्माबाहकोट पोखरा, सेपाकताक्रो महिला÷पुरुष नवलपुर कावासोती, भारोत्तोलन उद्योग वाणिज्य सङ्घ पोखरा, प्याराग्लाइडिङ पोखरा सारङकोट, रग्बी महिला÷पुरुष भण्डारढिक खेलमैदान पोखरा र कुस्ती गैडाकोट नवलपुरमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्