खेलकूद

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत सेपाकताक्रो र कुस्तीका खेल नवलपुरमा संचालन हुने (भिडियो रिपोर्टसहित)

२०७९ असोज २५ गते २१:२७
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत सेपाकताक्रो र कुस्तीका खेल नवलपुरमा संचालन हुने (भिडियो रिपोर्टसहित)

२५ असोज २०७९ नवलपरासीपूर्व । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत सेपाकताक्रो र कुस्तीका खेल नवलपुरमा संचालन हुनेछ । लामो समयपछि आफ्नै क्षेत्रमा राष्ट्रियस्तरको प्रतियोगिता हुन लाग्दा स्थानीय खेलाडी पनि निकै उत्साहित छन् ।

लामो समयपछि गृह जिल्लामा राष्ट्रिय प्रतियोगिता हुन लाग्दा उत्साहित स्थानीय खेलाडी घरेलु मैदान र दर्शकको समर्थनमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा छन् ।

प्रतियोगिताका अधिकांश खेलहरु पोखरामै हुने भए पनि राखेपले गण्डकीका अन्य जिल्लाहरु बाग्लुङ्, स्याङ्जा, पर्वत, गोरखा र म्याग्दीमा पनि खेल सञ्चालन गर्दैछ । नवलपुरमा हुने सेपाकताक्रो र कुस्ती खेलको सम्पूर्ण तयारी भइसकेको छ ।

नवलपुरको कावासोतीमा रहेको योङ्गस्टार कभर्ड हलमा सेपाकताक्रो खेलाईने छ भने डण्डाको थारु संग्रालयमा कुस्ती हुनेछ । प्रतियोगितामा नवलपुरबाट ३३ महिला र ४८ पुरुष गरि ८१ जना खेलाडी सहभागी हुँदैछन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्