राजनीति

एमालेमा टिकट विवाद, विद्रोह गर्दै नेताहरु

हिमालय टिभी
२०७९ असोज २२ गते १३:१७
एमालेमा टिकट विवाद, विद्रोह गर्दै नेताहरु

२२ असोज २०७९ काठमाडौं । नेकपा एमालेले भीम रावललाई टिकट नदिएको विरोधमा क्षेत्रीय कमिटी संयोजक प्रकाश शाहले राजीनामा दिनुभएको छ ।

निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले सिफारिस गरेका व्यक्तिलाई नबनाएर अरुले नै टिकट पाएपछि शाहले नैतिकताको आधारमा राजीनामा दिनुभएको हो ।

एमाले अछाम जिल्ला इन्चार्ज झपट बोहराको उपस्थितिमा बसेको कमिटीको बैठकले क्षेत्र नम्बर १ मा सर्वसम्मत रुपमा रावललाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउन सिफारिस गरेको थियो । तर एमालेले रावललाई नभई जिल्ला इन्चार्ज बोहरालाई टिकट दिने निर्णय गरेको थियो ।

यता, अछाम क्षेत्र नम्बर १ को समन्वय समिति, प्रदेश समन्वय समिति, पालिका कमिटी तथा जिल्ला कमिटी सदस्यले पनि राजीनामा दिने तयारी गरेका छन् ।

उता, सुनसरी क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका नेता अशोक राईलाई सघाउने केन्द्रको निर्णयविरुद्ध एमाले कार्यकर्ताले विद्रोह गरेका छन् ।

एमालेको बलियो पकड रहेको धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकासहितको सुनसरी क्षेत्र नम्बर १ स्थानीय कमिटीको सिफारिसविपरीत अध्यक्षले जसपालाई दिने निर्णय गरेकोमा कार्यकर्ता असन्तुष्ट बनेका छन् ।

स्थानीय कमिटीको सिफारिसविपरीत सुनसरी १ जसपालाई दिएपछि स्थानीय कार्यकर्ताले धरानका पूर्वमेयर मनोज मेयाङ्बोलाई स्वतन्त्र उठाउने तयारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्