खेलकूद

म्यानचेस्टर सिटीलाई २ लाख ६० हजार पाउण्ड जरिवाना

हिमालय टिभी
२०७९ असोज २२ गते ९:४०
म्यानचेस्टर सिटीलाई २ लाख ६० हजार पाउण्ड जरिवाना

२२ असोज २०७९ काठमाडौं । इंग्ल्यान्ड एफएले म्यानचेस्टर सिटीलाई जरिवाना गरेको छ । एफएले सिटीलाई २ लाख ६० हजार पाउण्ड जरिवाना गरेको हो ।

गत सिजन प्रिमियर लिगको उपाधि जितेपछि इतिहाद स्टेडियमको पिच आक्रमण गरेको भन्दै सिटीलाई जरिवाना गरिएको हो । गत सिजनको मे महिनामा एस्टन भिल्लालाई ३–२ ले हराएर सिटीले उपाधि जित्दा समर्थकहरू खुसी मनाउन मैदानमा प्रवेश गरेका थिए ।

समर्थकले एस्टन भिल्लाका किपर रोबिन ओल्सेनलाई आक्रमण गरेका थिए । यस्तै गोलपोस्टको क्रसबार भाँचिएको थियो । सिटीले उक्त भीडको व्यवहार नियन्त्रण गर्न असफल भएको स्वीकार गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्