राजनीति

टिकटका लागि ओलीसामू आत्मालोचना नगर्ने अडानमा एमालेका दश भाइ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज १५ गते २१:३५
टिकटका लागि ओलीसामू आत्मालोचना नगर्ने अडानमा एमालेका दश भाइ (भिडियो रिपोर्टसहित)

१५ असोज २०७९ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिमार्फत् पार्टीमै बसेका ‘१० भाइ’ भनिने नेताहरुलाई आगामी निर्वाचनमा अफ्ठ्यारो पार्ने आशंका गरिएको छ ।

विगतमा माधव नेपालको पक्षमा लागेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र आफूलाई हटाउन सहयोग गर्ने १० भाइलाई आत्मआलोचना गराएर मात्रै टिकट दिने तयारीमा ओली हुनुहुन्छ ।

नेताहरु भीम रावल, भीम आचार्य, युवराज ज्ञवाली, रघुजी पन्त, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहरा र गोकर्ण विष्ट एमालेमा दश भाइका रुपमा परिचित छन् । विगतमा माधव नेपाल समूहमा रहेका यी नेताहरु पछि विभिन्न सहमति गरेर एमालेमै बसेपछि एमालेमा दश भाइको पदावली पाएका यी नेताहरु पार्टीको संस्थापन पक्षका निशानामा छन् ।

पार्टीको दशौं महाधिवेशनमा समेत झण्डै झण्डै किनारा लगाइएका यी नेताहरुलाई यतिबेला भने आम निर्वाचनको टिकट पाउन सकस परिरहेको छ । जिल्लाबाट सर्वसम्मत वा सामूहिक लिस्टमा नाम सिफारिस भएका नेताहरुलाई अध्यक्ष ओलीले टिकट दिनुहुन्छ कि हुन्न भन्ने अन्योल छ ।

नेता भीम रावललाई पार्टीको जिल्ला र क्षेत्रीय कमिटीले अछाम(१ बाट सर्वसम्मत सिफारिस गरेपछि सर्वसम्मत सिफारिसबारेसमेत चासो राखेका ओलीले समूहगत रुपमै लिस्टमा परेका नेताहरुप्रति उदार हुनेमा शंका बढेको हो । तर दश भाइ भनेर चिनिएका नेताहरु भने टिकट पाउनेमा ढुक्क छन् ।

माओवादीबाट एमाले प्रवेश गरेका लेखराज भट्ट, टोपबहादुर रायमाझी,गौरीशंकर चौधरी पनि सर्वसम्मत सिफारिस हुदाँ ओलीविरुद्ध लागेका एमालेकै धेरैजसो सांसदसमेत एकल सिफारिसमा पर्न सकेका छैनन् ।

अध्यक्ष ओली माधव नेपालको पक्षमा लागेर आफूविरुद्ध बोलेकाहरुले माफीसमेत माग्नुपर्ने अडानमा हुनुहुन्छ । तर नेताहरु माफी माग्ने मुडमा छैनन् ।

उनीहरु आफूहरुको विरोध ओलीविरुद्ध नभई संसद विघटन र प्रवृतिविरुद्ध थियो, भनिरहेका छन् । ओलीले बेवास्ता गरिरहेको यो तर्क दश भाइले टिकट पाउलान् कि नपाउलान् भन्नेबारे थाहा पाउन भने असोज २३ गतेसम्म कुर्नै पर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्