खेलकूद

आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटको विजेताले १६ लाख अमेरिकी डलर पुरस्कार पाउने

हिमालय टिभी
२०७९ असोज १५ गते ९:३९
आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटको विजेताले १६ लाख अमेरिकी डलर पुरस्कार पाउने

१५ असोज २०७९ काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको विजेताले १६ लाख अमेरिकी डलर पुरस्कार पाउने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले हिजो विजेताले पाउने पुरस्कार रकम घोषणा गरेको हो । यस्तै उपविजेताले त्यसको आधा अर्थात् ८ लाख अमेरिकी डलर पाउने छन् भने सेमिफाइनल पुग्ने टोलीले ४ लाख अमेरिकी डलर पाउने छन् ।

विश्वकपमा कुल ५ दशमलव ६ मिलियन अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ । अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप आगामी १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म आयोजना हुँदैछ । विश्वकपमा १६ टिमको सहभागिता रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्