खेलकूद

एन्फा कार्यसमिति सदस्यमा अधिकारी र धिमाल निर्वाचित

२०७९ असोज १२ गते १६:३७
एन्फा कार्यसमिति सदस्यमा अधिकारी र धिमाल निर्वाचित

१२ असोज २०७९ काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित हुनुभएको छ ।

एन्फाको आज बसेको विशेष साधारणसभामा भएको पुनः निर्वाचनबाट उहाँहरु निर्वाचित हुनुभएको हो ।

गत असार ६ गते सम्पन्न निर्वाचनमा १५ सदस्य निर्वाचित हुनुपर्नेमा १३ जनामात्र निर्वाचित हुनुभएको थियो । दुई सदस्य निर्वाचित भएसँगै एन्फाको २१ सदस्यीय कार्यसमिति पूरा भएको छ ।

यसअघिको निर्वाचनमा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित वरिष्ठ उपाध्यक्ष, चारजना उपाध्यक्ष र १३ सदस्य निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.