खेलकूद

यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगल शीर्ष स्थानमा, स्पेनमाथि स्वीट्जरल्याण्डको जित

हिमालय टिभी
२०७९ असोज ९ गते ९:५५
यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगल शीर्ष स्थानमा, स्पेनमाथि स्वीट्जरल्याण्डको जित

९ असोज २०७९ काठमाडौं । यूईएफए नेसन्स लिगमा पोर्चुगल शीर्ष स्थानमा उक्लिएको छ ।

पोर्चुगल घरेलु टोली चेक रिपब्लिकलाई ४–० ले पराजित गर्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । जितसँगै पोर्चुगल लिग ‘ए’ समूह दुई बाट ५ खेलबाट १० अङ्क जोडेर शीर्षस्थानमा उक्लिएको छ ।

पराजित चेक ४ अङ्क जोडेर पुछारमा रहेको छ । अब समूह चरणको अन्तिम खेलमा पोर्चुगल र स्पेन तथा स्वीट्जरल्यान्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुनेछ । हिजै भएको अर्को खेलमा स्वीट्जरल्याण्डले जित हात पारेको छ ।

समूह चरण अन्तर्गत गयराति भएको खेलमा स्पेनलाई २–१ ले पराजित गर्दै स्वीट्जरल्याण्डले जित हात पारेको हो । स्पेन चार वर्षपछि पहिलो पटक घरेलु मैदानमा पराजित भएको हो ।

पराजयसँगै लिग ‘ए’ समूह २ को स्पेन ५ खेलमा ८ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । स्वीट्जरल्याण्ड भने ६ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्