निर्माण कम्पनीबीचको विवादका कारण धिप्लुङ झरनामा पूर्वाधार निर्माण अनिश्चित (भिडियो रिपोर्टसहित)

२०७९ असोज ८ गते १८:३५
निर्माण कम्पनीबीचको विवादका कारण धिप्लुङ झरनामा पूर्वाधार निर्माण अनिश्चित (भिडियो रिपोर्टसहित)

८ असोज २०७९ काठमाडौं । आशिर्वाद पीआर जेभी र स्काई सगरमाथा जेभीबीचको विवादले खोटाङका् टेम्मा र छितापोखरीको सिमानामा रहेको १६७ मिटर अग्लो झरनामा पूर्वाधार निर्माण अनिश्चित बनेको छ ।

प्राविधिक मूल्याङ्कनमा देखिएको त्रुटिका कारण दुवै निर्माण कम्पनी एकअर्का विरुद्ध सार्वजनिक खरिद अनुगमन कार्यालयदेखि सर्वोच्च अदालतसम्म पुग्दा पूर्वाधार निर्माण अन्योल भएको हो ।

पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गाउँपालिकाको साझेदारीमा झरना आसपासमा भौतिक संरचना निर्माणका लागि २०७७ साल चैत १ मा पाँच करोड रुपैयाँको ठेक्का आह्वान गरिएको थियो ।

मन्त्रालयको तीन करोड ५० लाख र गाउँपालिकाको एक करोड ५० लाख खर्च हुने भनिएको योजनाका लागि आशीर्वाद पीआर र स्काई सगरमाथा जेभीले टेन्डर हालेका थिए ।

२०७८ जेठ २८ मा गरिएको प्राविधिक मूल्याङ्कनमा ‘इन्जिनियर नभएको’ भन्दै स्काई सगरमाथा जेभीलाई ठेक्का प्रक्रियामा अयोग्य ठहर गरियो र आशीर्वाद पीआर जेभीलाई ठेक्का पर्यो । तर, मिलेमतोमा ठेक्का पारिएको भन्दै स्काई सगरमाथा जेभीले सार्वजनिक खरिद अनुगमनको कार्यालयमा २०७८ असार ९ मा माग दावी दर्ता गर्यो ।

कार्यालयले स्काई सगरमाथा जेभीलाई पनि प्राविधिक मूल्याङ्कनमा पास गराउनुपर्ने भन्दै २०७८ साउन ५ मा निर्णय ग¥यो । त्यस विरुद्ध आशीर्वाद पीआर जेभीले सर्वोच्चमा रिट दायर ग¥यो। सर्वोच्चले २०७८ चैत २९ मा उक्त रिट खारेज गरिदियो । सर्वोच्चले स्काई सगरमाथालाई प्राविधिक मूल्याङ्कनमा योग्य भने पनि बाँकी अवधिभित्र पुनः टेन्डर आह्वान गर्दा पर्यटन पूर्वाधारको काम सम्पन्न हुने अवस्था देखिँदैन ।

धिप्लुङ झरनाको पर्यटन प्रवद्र्धनका लागि आवश्यक संरचना निर्माण गर्न गाउँपालिका र मन्त्रालयबीच २०७७ फागुन १४ मा सम्झौता भएको थियो । सम्झौता अनुसार २०७८ असार मसान्त सम्म २० प्रतिशत पेस्की झिक्नु पथ्र्यो । तर पेश्की नझिकिएको कारणले बजेट अनिश्चित बनेको गाँउपालिकाले जनाएको छ ।

झरना पुग्नका लागि गाउँपालिकाले छितापोखरी गोगने हुँदै तल्लोखर्क र टेम्माको डाँडाखर्कसम्म पुग्ने सडक बनाइसकेको छ । रेलिङ सहितको ढलान बाटो, झरनाको शिरमा दृश्यावलोकनका लागि पार्क, फलैंचा, झरनाको माथिल्लो भाग हेर्न जाने रेलिङ सहितको फलामे भर्याङ बनाएपछि झरनामा आन्तरिक पर्यटकहरू आउन थालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *