खेलकूद
साफ महिला च्याम्पियनशिप फाइनल : बङ्लादेश २–० गोलले अगाडि
२०७९ असोज ३ गते १८:०८

३ असोज २०७९ काठमाडौं । साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको फाइनल खेलको मध्यान्तरसम्म नेपाल बङ्लादेशसँग २–० गोलले पछाडि परेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी रहेको खेलमा नेपाल बङ्गलादेशसँग २–० गोलले पछाडि परेको हो ।
बङ्लादेशका लागि सामसुनाहरले खेलको १३ मिनेटमा गोल गरिन् भने श्रीमोती कृष्णरानी सरकारले खेलको ४१ मिनेटमा गोल गरिन् ।
प्रतिक्रिया