खेलकूद
एएफसी २० वर्ष मुनिको एसियन कप छनोटमा आज नेपाल र बङ्गलादेश खेल्दै
२०७९ असोज २ गते ९:३१

२ असोज २०७९ काठमाडौं । बहराइनमा जारी एएफसी २० वर्ष मुनिको एसियन कप छनोटमा नेपालले आज आफ्नो अन्तिम खेल खेल्दैछ ।
शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपालले आज बङ्गलादेशसँग खेल्न लागेको हो । नेपाल र बङ्गलादेशबीचको खेल राति ८ : ४५ बजे सुरु हुनेछ । बङ्गलादेशविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ ।
किनकि नेपालले लगातार तीन खेलमा हार व्यहोरिसकेको छ । पहिलो खेलमा नेपाल भुटानसँग २–०, दोस्रो खेलमा कतारसँग ३–१ र तेस्रो खेलमा आयोजक बहराइनसँग ६–० गोलले पराजित भएको थियो ।
समूह ‘बी’ मा रहेको नेपाल अङ्कबिहीन हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । बङ्गलादेश भने आजको खेलमा दोस्रो जितको खोजीमा रहेको छ ।
प्रतिक्रिया