खेलकूद

महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज भारतसँग खेल्दै

हिमालय टिभी
२०७९ भदौ ३१ गते ९:३६
महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज भारतसँग खेल्दै

३१ भदौ २०७९ काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज भारतसँग खेल्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल र भारतबीचको खेल साँझ साढे ५ बजेबाट सुरु हुनेछ । समूह ‘बी’ मा रहेको नेपाल समूह चरणमा अपराजित रहेर अन्तिम चारमा पुगेको हो ।

यस्तै समूह ‘ए’ मा रहेको भारतले उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो । नेपाल र भारतबीचको विजेताले फाइनलमा बङ्गलादेश र भुटानबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

बङ्गलादेश र भुटानबीचको पहिलो सेमिफाइनल दिउँसो १ बजे दशरथ रङ्गशालामा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्