ला लिगा फुटबलमा रियल मड्रिड र बार्सिलोना विजयी

१९ भदौ २०७९ काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड र बार्सिलोना विजयी भएका छन् ।
शीर्ष स्थानको रियलले रियल बेटिसमाथि २(१ को जित निकाल्यो । घरेलु मैदानमा रियलले खेलको ९औं मिनेटमै भिनिकस जुनियरको गोलसँगै अग्रता बनाएको थियो । तर १७औं मिनेटमा बेटिसका सर्जियो कानालेसले गोल गर्दै खेल बराबरी गर्न सफल भए ।
त्यसपछि ६५औं मिनेटमा रोड्रिगोले गोल थपेपछि रियल २–१ ले विजयी भयो । ४ खेलबाट अपराजित रहेको रियल १२ अंकसहित तालिकाको शीर्ष स्थानमा कायमै छ ।
ला लिगाकै अर्को खेलमा बार्सिलोनाले सेभियालाई ३–० ले हरायो । अवे मैदानमा बार्सिलोनाको जितमा राफिन्हा, रोबर्ट लेवान्डोस्की र एरिक गार्सियाले एक(एक गोल गरे । जितसँगै ४ खेलबाट १० अंक जोड्दै बार्सिलोना तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
यस्तै अन्य खेलमा मालोर्का र जिरोना तथा रियल सोसिडाड र एथ्लेटिको मड्रिडले समान ११ गोलको बराबरी खेल्दै अंक बाँडे ।
प्रतिक्रिया