खेलकूद

प्रिमियर लिग फुटबलमा आर्सनलले विजयी यात्रा कायमै

हिमालय टिभी
२०७९ भदौ १६ गते ९:३१
प्रिमियर लिग फुटबलमा आर्सनलले विजयी यात्रा कायमै

१६ भदौ २०७९ काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले विजयी यात्रा जारी राखेको छ ।

लिग अन्तर्गत आफ्नो पछिल्लो खेलमा आर्सनलले एष्टन भिल्लामाथि २–१ को जित निकाल्यो ।

घरेलु मैदानमा गेबरियल जिससको गोलबाट आर्सनलले अग्रता लिएको थियो । तर ७४औं मिनेटमा भिल्लाका डगलस लुइसले गोल गर्दै खेल बराबरी गरे ।

लगत्तै ७७औं मिनेटमा गेबरियल मार्टिनेलीले गोल थपेपछि आर्सनल २–१ ले विजयी भयो । ५ खेलबाट शतप्रतिशत जित निकाल्दै १५ अंकसहित आर्सनल तालिकाको शीर्ष स्थानमा कायमै छ ।

लिग अन्तर्गत नै गएराति साविक विजेता म्यानचेष्टर सिटीले नट्टम फरेष्टलाई ६–० र लिभरपुलले न्यूक्यासल युनाइटेडलाई २–१ ले हराए ।

त्यस्तै वेष्टह्याम युनाइटेड र टोटेनह्यामले ११ तथा बर्नमाउथ र उल्फ्सले गोलरहित बराबरी खेले ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्