खेलकूद

प्रिमियर लिग फुटबलमा फूलह्याम र साउथह्याम्टन विजयी

हिमालय टिभी
२०७९ भदौ १५ गते ७:५६
प्रिमियर लिग फुटबलमा फूलह्याम र साउथह्याम्टन विजयी

१५ भदौ २०७९ काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा फूलह्याम र साउथह्याम्टन विजयी भएका छन् ।

प्रिमियर लिगमा गएराति फूलह्यामले ब्राइटनमाथि २–१ को जित निकाल्यो । घरेलु मैदानमा फूलह्यामले ४८औं मिनेटमा एलेक्साण्डर मित्रोभिकको गोलसँगै अग्रता लियो ।

लगत्तै ५५औं मिनेटमा ब्राइटनका लुइस डंकले आत्मघाती गोल गरेपछि फूलह्यामको अग्रता दोब्बर भएको थियो । त्यसपछि ६०औं मिनेटमा एलेक्सिस म्याक एलिष्टरले गोल गरेपछि ब्राइटन २–१ ले विजयी भयो ।

जितसँगै ५ खेलबाट ८ अंक जोडेको फूलह्याम छैठौं स्थानमा उक्लिएको छ ।
लिग अन्तर्गत नै साउथह्याम्टनले चेल्सीलाई २–१ ले हरायो ।

अवे मैदानमा चेल्सीले २३औं मिनेटमा रहिम स्टरलिङको गोलसँगै अग्रता बनाएको थियो । तर त्यसपछि साउथह्याम्टनले लगातार दुई गोल थप्न सफल भयो ।

साउथह्याम्टनका लागि २८औं मिनेटमा रोमेउ लाभिया र पहिलो हाफको अतिरिक्त समयमा एडम आर्मस्ट्रङले गोल थपे । साउथह्याम्टन ५ खेलबाट ७ अंकसहित सातौ स्थानमा उक्लिएको छ ।

उता क्रिष्टल प्यालेस र ब्रेन्टफोर्ड तथा एभर्टन र लिड्स युनाइटेडले ११ को बराबरी खेले ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्