खेलकूद

एसिया कप क्रिकेटमा अफगानिस्तानको लगातार दोस्रो जित

हिमालय टिभी
२०७९ भदौ १५ गते ७:५२
एसिया कप क्रिकेटमा अफगानिस्तानको लगातार दोस्रो जित

१५ भदौ २०७९ काठमाडौं । एसिया कप क्रिकेटमा अफगानिस्तानले लगातार दोस्रो जित निकालेको छ ।

समूह बी मा गएराति अफगानिस्तानले बंगलादेशलाई ७ विकेटले हराएको हो । १२८ रनको मध्यम लक्ष्य अफगानिस्तानले ९ बल अगावै मात्र ३ विकेटको नोक्सानीमा पूरा गरेको थियो ।

अफगानिस्तानको जितमा नजिबुल्लाह जाडरनले ४३ तथा इब्राहिम जाडरनले अविजित ४२ रन बनाए । त्यस्तै हजरातुल्लाह जजाई २३ रनमा आउट भए ।

यसअघि शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२७ रन बनाएको थियो । बंगलादेशका मोसाडेक होसैनले नटआउट ४८ रन बनाए ।

त्यस्तै महमुदुल्लाहले २५ तथा महेदी हसनले १४ रन जोडे । बलिङमा अफगानिस्तानका मुजिब उर रहमान र राशिद खानले समान ३३ विकेट लिए । रहमान म्यान अफ द म्याच भए । जितसँगै २ खेलबाट चार अंक जोडेको अफगानिस्तान शीर्ष स्थानमा कायमै छ ।

अफगानिस्तानले पहिलो खेलमा श्रीलंकामाथि ८ विकेटको शानदार जित निकालेको थियो । यस समूहमा एक(एक खेल्दै अंकविहिन बंगलादेश र श्रीलंका क्रमशस् दोस्रो र तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्