खेलकूद

पाँचौ तथा अन्तिम ट्वेन्टी-ट्वेन्टी क्रिकेटमा नेपालद्वारा केन्यासामु १७६ रनको लक्ष्य प्रस्तुत

हिमालय टिभी
२०७९ भदौ १४ गते १७:२८
पाँचौ तथा अन्तिम ट्वेन्टी-ट्वेन्टी क्रिकेटमा नेपालद्वारा केन्यासामु १७६ रनको लक्ष्य प्रस्तुत

१४ भदौ २०७९ काठमाडौं । ओपनर ज्ञानेन्द्र मल्लले अर्धशतकीय पाली खेल्दा नेपालले ५ ट्वेन्टी–ट्वेन्टी सिरिज अन्तर्गत अन्तिम तथा निर्णायक खेलमा केन्यालाई १ सय ७६ रनको विजयी लक्ष्य दिएको छ ।

नैरोबीस्थित जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ७५ रन बनायो । नेपाललाई शान्दार सुरुवात दिलाउन ओपनर ज्ञानेन्द्र र अर्जुन साउदले ६५ रनको अर्धशतकीय पाली खेले । तर ८ औं ओभरमा अर्जुन २९ रन बनाउँदै शेम न्गोचेको बलमा विकेटकिपर इफरान करिमबाट स्टम्पिङ आउट भए ।

त्यसपछि ज्ञानेन्द्रले दीपेन्द्र सिंह ऐरीसँग मिलेर ४० रनको साझेदारी गर्दा नेपालले १ सय रनको आँकडा पार गरेको थियो । २२ रन जोडेका दीपेन्द्र १३ औं ओभरमा भिराज पटेलको बलमा शुकदीप सिंहबाट क्याच भए । १५ औं ओभरमा भिराजकै बलमा ज्ञानेन्द्र ५९ रनको अर्धशतकीय पाली खेल्दै आउट भए ।

नियमित ओपनर पवन सरार्फको स्थानमा आएका ज्ञानेन्द्रले ४४ बलमा ५ चौका र १ छक्का प्रहार गरे । मध्येक्रममा रोहित पौडेल अर्धशतक बनाउनबाट ३ रनले चुके ।

अन्तिम ओभरको दोस्रो बलमा विवेक यादवलाई आउट गरेका ओधिएम्बोले चौंथो बलमा रोहितलाई ४७ रनमा पेभेलियन फर्काए । केन्याका शेम न्गोचे, ओधिएम्बो र भिराज पटेलले २(२ विकेट लिए ।

सिरिजमा ४ खेल सकिँदा २–२ को बराबरी छ । पहिलो खेलमा नेपाल ५ विकेटले विजयी हुँदा दोस्रो खेलमा १८ रनले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा ४ विकेटको जित निकाल्खा चौथो खेलमा ७ रनले हारेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्