खेलकूद

एसिया कप क्रिकेटमा साविक विजेता भारतको विजयी शुरुवात

हिमालय टिभी
२०७९ भदौ १३ गते ८:०३
एसिया कप क्रिकेटमा साविक विजेता भारतको विजयी शुरुवात

१३ भदौ २०७९ काठमाडौं । एसिया कप क्रिकेटमा साविक विजेता भारतले विजयी शुरुवात गरेको छ ।

समूह ए अन्तर्गत गएराति सम्पन्न खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई ५ विकेटले हरायो । १४८ रनको लक्ष्य भारतले दुई बल अगावै पूरा गरेको थियो ।

भारतका विराट कोहली र रविन्द्र जडेजाले समान ३५–३५ रन जोडे । त्यस्तै हार्दिक पाण्ड्या ३३ रनमा अविजित रहँदा सूर्यकुमार यादवले १८ रन बनाए । पाकिस्तानका मोहम्मद नवाजले ३ तथा नसिम शाहले २ विकेट लिए ।

यसअघि दुबईस्थित दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान एक बल अघि १४७ रन अलआउट भएको थियो ।

पाकिस्तानका लागि मोहमद रिजवानले ४३ रन जोडे । त्यस्तै इफ्तिखार अहमेदले २८ तथा शाहनवाज डहानीले १६ रन बनाउँदा ह्यारिस रौफ १३ रनमा अविजित रहे ।

भारतका भुवनेश्वर कुमारले ४, हार्दिक पाण्ड्या ३ तथा अर्शदीप सिंहले २ विकेट लिए । पाण्ड्या म्यान अफ द म्याच चुनिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्