खेलकूद

प्रिमियर लिगमा आर्सनलको लगातार चौंथो जित

हिमालय टिभी
२०७९ भदौ १२ गते ८:१७
प्रिमियर लिगमा आर्सनलको लगातार चौंथो जित

१२ भदौ २०७९ काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार चौंथो जित निकालेको छ ।

गएराति भएको खेलमा फुलह्यम २–१ ले हराउँदै आर्सनलले लगातार चौंथो जित निकालेको हो । घरेलु मैदानमा आर्सनललाई जित दिलाउन मार्टिन ओडेगार्ड र गाब्रियल मागलहेसले एक एक गोल गरे ।

फुलह्यमका एलेकसान्दर मिट्रोभिचले एक गोल फर्काए । जितसँगै शीर्ष स्थानमा उक्लिएको आर्सनलले ४ खेलमा १२ अंक जोडेको छ । फुलह्यम ५ अंकका साथ ११ औं स्थानमा छ ।

गएरातिकै अर्को खेलमा लिभरपुलले बर्नमाउथलाई ९–० को फराकिलो अन्तरले हराएको छ । लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्हो र लुइस डियाजले २–२ गोल गरे ।

यस्तै हार्भे इलियोट, ट्रेन्ट एलेक्सजेण्डर आर्नोल्ड, भिर्गिल भान डाइक र फाबियो कार्भाल्होले एक एक गोल गरे । बर्नमाउथका क्रिस मेपहमले आत्मघाती गोल गरे ।

लिभरपुलको यो पहिलो जित हो । जितसँगै ४ खेलमा ५ अंक जोडेको लिभरपुल आठौं स्थानमा छ । बर्नमाउथ ३ अंकका साथ १६ औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्