खेलकूद

एशिया कप टी–२० क्रिकेट प्रतियोगिता आज युएईमा शुरू हुँदै

हिमालय टिभी
२०७९ भदौ ११ गते ८:२९
एशिया कप टी–२० क्रिकेट प्रतियोगिता आज युएईमा शुरू हुँदै

११ भदौ २०७९ काठमाडौं । एशिया कप ट्वेन्टी-ट्वेन्टी क्रिकेट प्रतियोगिता आज संयुक्त अरब इमिरेट्स (युएई)मा शुरू हुँदैछ ।

प्रतियोगिता युएईमा शुरू हुन लागेपनि यसको आयोजक राष्ट्र भने श्रीलंका हो । श्रीलंकामा आर्थिक संकटका कारण आयोजना स्थल युएई चयन गरिएको हो ।

दुई समूहमा विभाजित रहेर प्रतियोगितामा ७ टोलीको सहभागिता छ । समूह ए मा भारत, पाकिस्तान र हङकङ रहँदा अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

उद्घाटन खेलमा समूह बी अन्तर्गत आयोजक श्रीलंका र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् । दुबई क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार राति पौने आठ बजे शुरू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्