खेलकूद
फिफाद्वारा भारतीय फुटबलमाथिको प्रतिबन्ध फुकुवा
२०७९ भदौ ११ गते ८:२५

११ भदौ २०७९ काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतीय फुटबलमाथिको प्रतिबन्ध फुकुवा गरेको छ ।
फिफाले भारतको फुटबल संघ अल इण्डिया फुटबल फेडेरेशनलाई अनिश्चितकालका लागि लगाएको प्रतिबन्ध हटाएको हो । यसबारे फिफाले एआईएफएफलाई पत्र लेख्दै जानकारी गराएको हो ।
प्रतिबन्ध हटेसँगै आगामी अक्टोबर महिनामा तय भएको सत्र वर्षमुनिको महिला विश्वकप पनि भारतमै आयोजना हुनेछ । भारतले नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप पनि खेल्न पाउनेछ ।
फिफाले यही अगस्त १५ तारिखमा एआईएफएफमा बाहिरी शक्ति हावी भएको भन्दै अनिश्चितकालका लागि निलम्बन गरेको थियो ।
प्रतिक्रिया