नेपाल र केन्याबीचको दोस्रो टी–२० क्रिकेट आज हुँदै
![नेपाल र केन्याबीचको दोस्रो टी–२० क्रिकेट आज हुँदै](https://www.himalayatv.com/wp-content/uploads/2019/07/cricket.jpg)
१० भदौ २०७९ काठमाडौं । नेपाल र केन्याबीचको दोस्रो टी–२० क्रिकेट आज हुँदैछ । खेल नैरोबीमा दिउँसो पौने ४ बजे शुरु हुनेछ ।
केन्यासँगको पाँच खेलको टी–२० श्रृङ्खलामा नेपालले १–० को अग्रता बनाएको छ । हिजो भएको पहिलो खेलमा घरेलु टोली केन्यालाई ५ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ ।
नैरोबीमा जितका लागि पाएको १ सय ३१ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाउँदै भेट्टायो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । दुई देशबीचको तेस्रो खेल पर्सि, चौथो खेल सोमबार भदौ १३ मा र पाँचौँ खेल भदौ १४ गते मङ्गलबार हुनेछ ।
त्यस्तै नेपालले केन्यासँग तीन एकदिवसीय अभ्यास खेल पनि खेल्ने तालिका छ । तीन एकदिवसीय अभ्यास खेल भदौ १७, १८ र २० गते हुनेछ ।
प्रतिक्रिया