खेलकूद

करिम बेञ्जिमा चुनिए यूईएफए प्लेयर अफ द इयर

हिमालय टिभी
२०७९ भदौ १० गते ८:१९
करिम बेञ्जिमा चुनिए यूईएफए प्लेयर अफ द इयर

१० भदौ २०७९ काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेञ्जिमा यूईएफए प्लेयर अफ द इयर चुनिएका छन् ।

च्याम्पियन्स लिग फुटबलमा गएको सिजन उत्कृष्ट खेलाडी बन्दै बेञ्जिमाले वर्ष खेलाडीको अवार्ड जितेका हुन् । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले बेञ्जिमालाई अवार्ड प्रदान गरेको हो ।

बेञ्जिमाले म्यानचेष्टर सिटीका केभिन डी ब्रुनी र रियलकै थिवाउट कोर्टुवालाई पछि पार्दै अवार्ड जिते । महिलातर्फको प्लेयर अफ द इयर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले प्राप्त गरिन् ।

पुरुषको कोच अफ द इयर को अवार्ड रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले जिते । एन्सेलोटीले म्यानचेष्टर सिटीका पेप ग्वार्डीओला र लिभरपुलका योर्गेन क्लोपलाई पछि पारे ।

एन्सेलोटीले गएको सिजन रियललाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्