खेलकूद

प्रिमियर लिग फूटबलमा बर्नमाउथमाथि आर्सनलको जित

हिमालय टिभी
२०७९ भदौ ५ गते ८:४६
प्रिमियर लिग फूटबलमा बर्नमाउथमाथि आर्सनलको जित

५ भदौ २०७९ काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल, टोटेनह्याम, फूलह्याम, क्रिष्टल प्यालेस र साउथह्याम्टन विजयी भएका छन् ।

प्रिमियर लीगमा आर्सनलले बर्नमाउथमाथि ३–० को जित निकाल्यो । आर्सनलको जितमा कप्तान मार्टिन ओडेगार्डले दुई तथा विलियम सालिबाले एक गोल गरे ।

अवे मैदानमा ओडेगार्डले ५ औं मिनेटमा आर्सनलाई अग्रता दिलाए । त्यसको ६ मिनेटपछि नै उनले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारेका थिए । ५४औं मिनेटमा सालिबाले गोल थपेपछि आर्सनल ३–० ले विजयी भयो ।

जितपछि तीन खेलमा अपराजित आर्सनल ९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

लीग अन्तर्गत नै गएराति टोटेनह्यामले उल्फ्सलाई १–०, फूलह्यामले ब्रेन्टफोर्डलाई ३–२, क्रिष्टल प्यालेसले एष्टन भिल्लालाई ३–१ र साउथह्याम्टनले लेष्टर सिटीलाई २–१ ले हराए ।

त्यस्तै एभर्टन र नट्टम फरेष्टले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्