आर्थिक

पुनर्कर्जा सुविधा कटौती गर्ने राष्ट्र बैंकको नीतिको व्यवसायीद्वारा विरोध (भिडियो रिपोर्टसहित)

२०७९ भदौ ४ गते २०:५७
पुनर्कर्जा सुविधा कटौती गर्ने राष्ट्र बैंकको नीतिको व्यवसायीद्वारा विरोध (भिडियो रिपोर्टसहित)

४ भदौ २०७९ काठमाडौं । कोरोना महामारीपछि आर्थिक पुनरुत्थानका लागि नेपाल राष्ट्र बैंकले उपलब्ध गराउँदै आएको पुनर्कर्जा सुविधा क्रमशः घटाउनेतर्फ केन्द्रित भएको छ ।

तर व्यवसायीहरुले कोरोना प्रभावित उद्योग, व्यवसाय पुरानै अवस्थामा फर्किनसकेकाले राष्ट्र बैंकको उक्त निर्णयको विरोध गरेका छन् । पुनर्कर्जा सुविधा कटौती र ब्याजदर वृद्धि एकै पटक हुँदा व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको व्यवसायीको गुनासो छ ।

कोरोना महामारीपछि राष्ट्र बैंकले २ खर्ब ६४ अर्ब रुपैयाँ पुनर्कर्जा सुविधा दिएको थियो । हाल १ खर्ब १० अर्ब रुपैयाँ पुनर्कर्जाको रकम लगानीमा छ । महामारीबाट प्रभावित पर्यटन, लघु, घरेलु तथा साना उद्यम व्यवसायलाई प्राथमिकतामा राखिएको पुनर्कर्जा ७२ हजार ८९५ ऋणीले लिएका छन् । अब यो सुविधा बन्द गर्ने र दुई आर्थिक वर्षभित्र तोकिएको ५१ अर्बको सीमाभित्र ल्याउने लक्ष्य राष्ट्र बैंकले राखेको छ ।

यसअघि दुई आर्थिक वर्षसम्म निरन्तर पाउँदै आएको यो सुविधाले व्यवसायीहरुले राहत महसुस गरेका थिए । मौद्रिक नीति मार्फत यो सुविधा कटौती गर्ने निर्णयसँगै साउनदेखि नै बैंकहरुले साँवा र व्याज लिन ताकेका गर्न थालेका छन् ।

कोरोना प्रभावित अर्थतन्त्र पुरानै लयमा फर्किनसकेकाले कर्जा भुक्तानी गर्न सक्ने अवस्था नरहेको भन्दै व्यवसायीहरुले कम्तीमा पनि एक वर्ष यो सुविधालाई निरन्तरता दिनुपर्ने माग गरेका छन् ।

यस्तो कर्जाको सबैभन्दा धेरै अर्थात करिब १८ प्रतिशत उपयोग पर्यटन क्षेत्रले गरेको छ । तर जानकारहरु, मर्कामा परेका उद्योगी, व्यवसायीहरुलाई तत्कालीन राहतका लागि दिएको यस्तो सुविधा कटौती गर्न राष्ट्र बैंकले ढिला गरेको धारण राख्छन् ।

व्यवसायीको भने पुनर्कर्जा सुविधा कटौती भएको र पछिल्लो समय कर्जाको व्याजदर समेत वृद्धि भएकाले उद्योग व्यवसाय थप धरासायी बन्ने अवस्थामा सृजना भएको गुनासो छ । अहिले कर्जाको ब्याजदर समेत १२ देखि १३ प्रतिशतसम्म पुगेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *