खेलकूद
प्रिमियर लिगमा लिभरपुल र क्रिष्टल प्यालेसले अंक बाँडे
२०७९ साउन ३१ गते ७:३५

३१ साउन २०७९ काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र क्रिष्टल प्यालेसले बराबरी खेलेका छन् ।
प्रिमियर लिगको पछिल्लो खेलमा लिभरपुल र क्रिष्टलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । लिभरपुलको घरेलु मैदान एनफिल्डमा क्रिष्टलले ३२औं मिनेटमा विलफ्रिड जाहाको गोलबाट अग्रता बनाएको थियो ।
५७औं मिनेटमा नुनेजले रेडकार्ड पाएपछि लिभरपुल १० खेलाडीमा सीमित भएको थियो । त्यसपछि ६१औं मिनेटमा लिभरपुलका लुइस डायजले गोल गर्दै खेल १–१ को बराबरी गरे ।
१२औं स्थानको लिभरपुलले २ खेलबाट २ अंक जोड्दा समान खेलबाट १ अंकसहित क्रिष्टल १६औं स्थानमा छ ।
यसअघि लिभरपुलले फुलह्यामसँग २२ गोलको बराबरी खेल्दा क्रिष्टल आर्सनलसँग २–० ले पराजित भएको थियो ।
प्रतिक्रिया