वेष्ट इण्डिजविरुद्धको दोस्रो ट्वेन्टी–ट्वेन्टीमा न्यूजिल्याण्ड विजयी

२८ साउन २०७९ काठमाडौं । वेष्ट इण्डिजविरुद्धको दोस्रो ट्वेन्टी–ट्वेन्टीमा न्यूजिल्याण्ड ९० रनले विजयी भएको छ ।
२१६ रनको लक्ष्य पछ्याएको घरेलु टोली वेष्ट इण्डिजले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२५ रनमात्र बनाउन सक्यो । वेष्ट इण्डिजका ओबेड मेकोयले अविजित २३ रन जोडे ।
त्यस्तै रोभम्यान पावेल २१ र रोमारियो शेफर्ड १८ रनमा आउट भए । बलिङमा न्यूजिल्याण्डका मिचेल सान्टनर र माइकल ब्रेसवेलले समान ३–३ विकेट लिए ।
यसअघि जमैकामा टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा २१५ रन बनाएको थियो । न्यूजिल्याण्डका ग्लेन फिलिप्सले ७६ रन जोडे ।
त्यस्तै डेरेल मिचेलले ४८ तथा डेभोन कोनवेले ४२ रन जोडे । वेष्ट इण्डिजका ओबेड मेकोयले ३ विकेट लिए ।
जितसँगै ३ खेलको शृंखला पाहुना टोली न्यूजिल्याण्डले २(० ले जितेको छ । पहिलो खेल न्यूजिल्याण्डले १३ रनले जितेको थियो ।
प्रतिक्रिया