खेलकूद

दोस्रो टवेन्टी–ट्वेन्टीमा अफगानिस्तानविरुद्ध आयरल्याण्ड विजयी

हिमालय टिभी
२०७९ साउन २७ गते ८:४०
दोस्रो टवेन्टी–ट्वेन्टीमा अफगानिस्तानविरुद्ध आयरल्याण्ड विजयी

२७ साउन २०७९ काठमाडौं । आयरल्याण्डले दोस्रो ट्वेन्टी–ट्वेन्टी खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ ।

१२३ रनको सामान्य लक्ष्य घरेलु टोली आयरल्याण्डले ६ बल अगावै ५ विकेटको नोक्सानीमा भेट्टाएको थियो । आयरल्याण्डका कप्तान एण्डी बलबिर्नीले ४६ तथा लोर्केन टेक्टरले २७ रन बनाए ।

जर्ज डकरेल २५ रनमा अविजित रहे । बलिङतर्फ अफगानस्तानका कप्तान मोहम्मद नाबीले २ विकेट हात पारे ।

यसअघि बेलफास्टमा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली अफगानिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको थियो ।

अफगानिस्तानका हस्मतुल्लाह शाहिदीले ३६ रन बनाए । बलिङमा आयरल्याण्डका जोश लिटल, मार्क एडेर, कर्टिस क्याम्पहेर र ग्यारेथ डेलानीले समान २–२ विकेट लिए ।

लिटल म्यान अफ द म्याच चुनिए । जितपछि ५ खेलको शृंखलामा आयरल्याण्डले २० को अग्रता लिएको छ । पहिलो खेल आयरल्याण्डले ७ विकेटले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्