खेलकूद

राष्ट्रिय क्रिकेट टोली भदौ पहिलो साता केन्या जाने

हिमालय टिभी
२०७९ साउन २५ गते १८:५५
राष्ट्रिय क्रिकेट टोली भदौ पहिलो साता केन्या जाने

२५ साउन २०७९ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली भदौ पहिलो साता केन्या जाने भएको छ ।

घरेलु टोली केन्यासँगको ट्वान्टी ट्वान्टी र एकदिवसीय सिरिजका लागि नेपाली टोली भदौ पहिलो साता केन्या जान लागेको हो । टोली भदौ ७ गते केन्या पुग्ने गरी तयारी भइरहेको नेपाल क्रिकेट संघका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिनुभयो ।

नेपालले केन्यासँग ५ खेलको ट्वान्टी ट्वान्टी र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ । पहिलो ट्वान्टी ट्वान्टी भदौ ९ मा हुनेछ । यस्तै अन्तिम ट्वान्टी–ट्वान्टी भदौ १४ मा खेल्ने छ । त्यस लगत्तै ३ खेलको एकदिवसिय सिरिज हुनेछ ।

केन्या भ्रमणका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्