खेलकूद

टेनिसबाट सन्यासको तयारीमा सेरेना

हिमालय टिभी
२०७९ साउन २५ गते ८:३६
टेनिसबाट सन्यासको तयारीमा सेरेना

२५ साउन २०७९ न्युयोर्क । अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले सन्यासको लिने भएकी छिन् ।

भोग पत्रिकाको कभरमा रहेकी उनले पत्रिकासँग कुरा गर्दै आफू सन्यासका लागि तयार रहेको बताएकी हुन् । ४० वर्षीया सेरेनाले आगामी महिना हुने यूएस ओपनपछि सन्यास लिने योजना रहेको बताइन् ।

महिला टेनिसकी स्टार खेलाडी सेरेना सेरेनाले २३ पटक ग्राण्डस्लाम जितेकी छन् । पूर्व विश्व नम्बर एक उनले ६ पटक यूएस ओपनको उपाधि उचालेकी छन् ।

पछिल्लो केही समयदेखि उनी चोटका कारण खेल गुमाउँदै थिइन् । आफ्नो खराब फर्मका कारण लामो समयदेखि उनको सन्यासबारे समाचार आइरहेका थिए । सन्यासका बारेमा अड्कल लगाइँदै गर्दा उनले गएको जुन महिनामा विम्बल्डनमा पुनरागमन गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्