खेलकूद
सेरेना विलियम्स नेशनल बैंक ओपन टेनिसको दोस्रो चरणमा प्रवेश
२०७९ साउन २४ गते ७:५५
२४ साउन २०७९ क्यानडां । अमेरिकी खेलाडी सेरेना विलियम्स नेशनल बैंक ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छिन् ।
क्यानडाको टोरन्टोमा सेरेनाले स्पेनकी नुरिया पापिजासलाई ६–३ र ६–४ को सोझो सेटमा हराइन् । ४० वर्षीया सेरेनाको १४ महिनाको अवधिमा यो पहिलो जित हो ।
उनले अर्को चरणमा बेलिण्डा बेनसिस र टेरेजा मार्टिनकोभाको विजेतासँग खेल्ने छिन् ।
प्रतिक्रिया