खेलकूद

प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीको विजयी शुरुवात

हिमालय टिभी
२०७९ साउन २३ गते ८:०६
प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीको विजयी शुरुवात

२३ साउन २०७९ काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी शुरुवात गरेको छ ।

गएराति वेस्ट ह्याम युनाइटेडलाई २–० ले हराउँदै सिटीले नयाँ सिजनको सुखद शुरुवात गरेको हो । वेस्ट ह्यामको मैदानमा सिटीलाई जित दिलाउन एर्लिङ हालाण्डले दुबै गोल गरे । प्रिमियर लिगको डेब्यु खेलमै उनले सिटीका लागि गोल गरेका हुन् ।

जितसँगै सिटीले पहिलो खेलमै ३ अंक प्राप्त गरेको छ । वेस्ट ह्यामले भने पराजयबाट सिजनको शुरुवात गरेको छ ।

गएरातिको अर्को खेलमा लेस्टर सिटीले ब्रेन्टफोर्डसँग २–२ गोलको बराबरी खेलेको छ । घरेलु मैदानमा दुई गोलको अग्रता जोगाउन नसक्दा लेस्टरले बराबरी खेल्नु परेको हो । बराबरीसँगै लेस्टर र ब्रेन्टफोर्डले पहिलो खेलमा एकएक अंक पाएका छन् । यस्तै गएराति कै अर्को खेलमा म्यानचेस्टर युनाइटेड पहिलो खेलमै पराजित भएको छ ।

ओल्ड ट्राफोर्डमा युनाइटेड ब्राइटनसँग २–१ ले पराजित भएको हो । युनाइटेडले हारबाट सिजनको शुरुवात गरेको छ । युनाइटेडको मुख्य प्रशिक्षक एरिक टेन हागले पनि सिजनको पहिलो खेलमा हार व्यहोरेका छन् । ब्राइटनले भने ३ अंक जोड्दै सिजनको सुखद् शुरुवात गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्