खेलकूद

आयरल्याण्डविरुद्धको दोस्रो ट्वेन्टी–ट्वेन्टीमा दक्षिण अफ्रिका विजयी

हिमालय टिभी
२०७९ साउन २१ गते ८:०४
आयरल्याण्डविरुद्धको दोस्रो ट्वेन्टी–ट्वेन्टीमा दक्षिण अफ्रिका विजयी

२१ साउन २०७९ काठमाडौं । आयरल्याण्डविरुद्धको दोस्रो ट्वेन्टी–ट्वेन्टीमा दक्षिण अफ्रिका ४४ रनले विजयी भएको छ ।

१८३ रनको लक्ष्यसहित मैदान ओर्लेको आयरल्याण्ड ७ बल अगावै १३८ रनमा अलआउट भयो । आयरल्याण्डका ह्यारी टेक्टरले ३४, बेरी म्याक कार्थीले ३२ तथा कप्तान पउल स्टरलिङले २८ रन बनाए ।

बलिङमा दक्षिण अफ्रिकाका वाइने पारनेलले ५ विकेट लिए । ४ ओभर बलिङ गर्दै उनले ३० रन खर्चिएर ५ विकेट लिए । यसअघि ब्रिस्टोनमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १८२ रन बनाएको थियो ।

उसका लागि रेजा हेनरिक्सले ४२ रन बनाए । त्यस्तै हेनरिच क्लासेन ३९ रनमा आउट हुँदा कप्तान डेविड मिलरले ३२ रन जोडे । आयरल्याण्डका गारेथ डेलानेले दुई विकेट लिए ।

जितसँगै दुई खेलको शृंखलामा दक्षिण अफ्रिकाले २-० ले जितेको छ । पहिलो खेल अफ्रिकाले २१ रनले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्