खेलकूद

पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा न्यूजिल्याण्डसँग नेदरल्याण्ड्स पराजित

हिमालय टिभी
२०७९ साउन २० गते ७:५९
पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा न्यूजिल्याण्डसँग नेदरल्याण्ड्स पराजित

२० साउन २०७९ काठमाडौं । न्यूजिल्याण्डले पहिलो ट्वेन्टी–ट्वेन्टीमा नेदरल्याण्ड्सलाई १६ रनले हराएको छ ।

१४९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ३ बल अगावै १३२ रन बनाउँदै अलआउट भयो । नेदरल्याण्ड्सका बास डे लीडेले ६६ रन बनाए । बलिङमा न्यूजिल्याण्डका ब्लेयर टिकनरले ४ तथा बेन सियर्सले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १४८ रन बनाएको थियो । न्यूजिल्याण्डका मार्टिन गुप्टीलले ४५ तथा जेम्स निशमले ३२ रन जोडे ।

नेदरल्याण्ड्सका लोगान वर्जुस र सरिज अहमदले समान २–२ विकेट हात पारे । जितसँगै नेदरल्याण्ड्सले दुई खेलको शृंखलामा १–० को अग्रता बनाएको छ । दोस्रो तथा निर्णायक खेल आज हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्