खेलकूद
आयरल्याण्डविरुद्धको पहिलो ट्वेन्टी–ट्वेन्टीमा दक्षिण अफ्रिका विजयी
२०७९ साउन १९ गते ७:५४
१९ साउन २०७९ काठमाडौं । आयरल्याण्डविरुद्धको पहिलो ट्वेन्टी–ट्वेन्टीमा दक्षिण अफ्रिका २१ रनले विजयी भएको छ ।
२१२ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले निर्धारित ओभरमा ९ विकेट गुमाएर १९० रन मात्र जोड्न सक्यो । आयरल्याण्डका लोरकन टुकेरले ७८ तथा जर्ज डकरेलले ४३ रन बनाए । बलिङमा दक्षिण अफ्रिकाका केशव महाराज, वाइने पार्नेल र तबरेज साम्सीले समान २–२ विकेट लिए ।
यसअघि ब्रिस्टोनमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ५ विकेटको नोक्सानीमा २११ रन बनाएको थियो । उसका लागि रेजा हेनरिक्सले ७४ तथा एडियन मारक्रमले ५६ रन जोडे ।
आयरल्याण्डका गारेथ डेलानेले दुई विकेट लिए । जितसँगै दुई खेलको शृंखलामा दक्षिण अफ्रिकाले १० को अग्रता लिएको छ ।
प्रतिक्रिया