खेलकूद

वेष्ट इण्डिजविरुद्धको तेस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भारतको जित

हिमालय टिभी
२०७९ साउन १८ गते ७:३७
वेष्ट इण्डिजविरुद्धको तेस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भारतको जित

१८ साउन २०७९ काठमाडौं । वेष्ट इण्डिजविरुद्धको तेस्रो ट्वेन्टी–ट्वेन्टी खेलमा भारतले ७ विकेटको जित निकालेको छ ।

१६५ रनको लक्ष्य भारतले ६ बल अगावै मात्र ३ विकेटको नोक्सानीमा भेट्टाएको थियो । भारतका सूर्यकुमार यादव ७६ रनमा आउट भए । त्यस्तै ऋषभ पन्त ३३ रनमा अविजित रहे ।

यसअघि सेन्ट किट्समा टस हारेर पहिले ब्याटिङ गर्दै घरेलु टोली वेष्ट इण्डिजले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो । वेष्ट इण्डिजका काइल मेयर्सले सर्वाधिक ७३ रन जोडे ।

त्यस्तै रोभम्यान पावेल २३ तथा कप्तान निकोलस पुरन २२ रन जोड्दै आउट भए । बलिङमा भारतका भुवनेश्वर कुमारले २ विकेट लिए । जितसँगै भारतले ५ खेलको शृंखलामा २(१ को अग्रता लिएको छ ।

पहिलो खेलमा भारत ६८ रनले विजयी हुँदा दोस्रो खेल वेष्ट इण्डिजले ५ विकेटले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्