कसले गर्‍यो मुगु पुग्नु पर्ने नून नेपालगञ्जबाटै गायब ? (भिडियो रिपोर्टसहित)

२०७९ साउन १७ गते २०:४७
कसले गर्‍यो मुगु पुग्नु पर्ने नून नेपालगञ्जबाटै गायब ? (भिडियो रिपोर्टसहित)

१७ साउन २०७९ मुगुं । साविकको कर्णाली अञ्चलका जिल्लामा सरकारले अनुदानमा नुन उपलब्ध गराउँदै आएको छ । तर आर्थिक वर्ष २०७८–७९ मा नेपालगंजबाट मुगु पुग्नुपर्ने २ हजार ७ सय क्विन्टल नुनमध्ये १ सय ५९ क्विन्टल नुन गायब भएको छ । ढुवानी जिम्मा पाएको कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन डिपो मुगुले नुन हराएको विषयमा एकअर्कालाई आरोप लगाउँदै आएका छन् ।

छायाँनाथ रारा एयर कार्गो ढुवानी र साल्ट ट्रेडिङ कर्पोरेसन डिपो मुगु बीच नेपालगंजबाट मुगुसम्म नुन ढुवानीका लागि सम्झौता भयो । तर आर्थिक वर्ष २०७८–७९ मा आइपुग्नुपर्ने २ हजार ७ सय क्विन्टलमध्ये १ सय ५९ क्विन्टल नुन नआइपुगेको साल्ट ट्रेडिङ कर्पोरेसन डिपो मुगुले जनाएको छ । तर, ढुवानी जिम्मा पाएको छायाँनाथ रारा एयर कार्गो ढुवानीले आफूले पूर्ण नुनको ढुवानी गरिसकेको दाबी गर्छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन डिपो मुगुमा २ हजार ५ सय ४१ क्विन्टल नुन मात्र गोदाममा झरेको दाबी गर्दै आएको छ ।

कर्णालीमा अनुदानका लागि ढुवानी गर्दै आएको नुनमध्ये जिम्मेवारी पाएको फर्मले १ सय ५९ क्विन्टल नुन ढुवानी नै नभएको जिल्ला प्रशासन कार्यालय मुगुको भनाइ छ । ढुवानीको जिम्मा पाएको कम्पनीले नुनमा हिनामिना गरेको हुनसक्ने प्रशासनको भनाइ छ ।

कर्णालीका दुर्गम क्षेत्रका लागि राज्यले सहुलियतमा नुन दिँदै आएको छ । तर जनताका लागि भनेर सहुलियतमा आएको नुन कसरी र कहाँ हरायो भन्ने प्रश्न त उब्जिएको छ नै सँगै जनताका नाममा आउने नुनमा समेत भ्रष्टाचार हुने गरेको तथ्या खुलासा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *