खेलकूद

यू–२० साफ च्याम्पियनसिपमा आज नेपाल र बंगलादेश भिड्दै

हिमालय टिभी
२०७९ साउन १७ गते ८:३०
यू–२० साफ च्याम्पियनसिपमा आज नेपाल र बंगलादेश भिड्दै

१७ साउन २०७९ काठमाडौं । भारतमा जारी २० वर्ष मुनिको साफ च्याम्पियनसिपमा आज नेपालले लिग चरणको अन्तिम खेल खेल्दैछ ।

साफ च्याम्पियनसिप अन्तर्गत राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बंगलादेशसँग खेल्न लागेको हो । शुरुवाती दुई खेलमा फराकिलो जित निकालेको नेपाल तेस्रो खेलमा घरेलु टोली भारतसँग ८–० को फराकिलो अन्तरले पराजित भएको थियो । हारपछि नेपालको फाइनल प्रवेश गर्ने सम्भावना कठिन भएको छ । तर आजको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको र यसका लागि पूर्ण क्षमतामा खेल्ने मुख्य प्रशिक्षक मेघराज केसीले बताउनु भएको छ ।

नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४–० र दोस्रो खेलमा श्रीलंकालाई ३–० गोलले हराएको थियो । ३ खेलमा अपराजित बंगलादेश ९ अंकसहित शीर्ष स्थामा छ । समान खेलबाट २–२ जित निकाल्दै भारत र नेपाल समान ६–६ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन् । आज नेपाल र भारत दुबै विजयी भए शीर्ष ३ स्थानका सबै टोलीको समान ९ अंक हुनेछ ।

यस्तोमा शीर्ष ३ टोली मध्ये गोल संख्याका आधारमा शीर्ष २ टोली फाइनलमा पुग्नेछन् । त्यस अवस्थामा नेपालले शुरुवाती २ खेलमा श्रीलंका र माल्दिभ्सविरुद्ध गरेको गोल मान्य हुने छैन ।

यसका लागि अब फाइनल प्रवेश गर्न नेपालले बंगलादेशलाई ५ गोलको अन्तरले हराउनु पर्ने हुन्छ । तर आजै हुने अर्को खेलमा माल्दिभ्सले भारतलाई हराए वा बराबरीमा रोके नेपाललाई एक गोलको जित नै पर्याप्त हुनेछ । बंगलादेशसँग हारसहित प्रतियोगिताको शुरुवात गरेको भारतले दोस्रो खेलमा श्रीलंकालाई हराएको थियो ।

४ खेल खेलेको श्रीलंका र ३ खेल खेलेको माल्दिभ्स समान १-१ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिसकेका छन् । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा खेल दिउँसो सवा ४ बजे खेल शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्