खेलकूद

२० वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत भिड्दै

हिमालय टिभी
२०७९ साउन १५ गते ९:०३
२० वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत भिड्दै

१५ साउन २०७९ काठमाडौं । २० वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज तेस्रो खेलमा साविक विजेता भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

भारतको भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा नेपालले बलियो घरेलु टोली भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल साँझ ७ ः १५ मा शुरु हुनेछ ।

भारतविरुद्ध मैदान उत्रँदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ । तर, बलियो भारतविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको थियो भने दोस्रो खेलमा नेपालले श्रीलङ्कालाई ३–० गोल अन्तरले हराएको थियो ।

नेपाल २ खेलमा ६ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । आज भारतलाई हराएमा नेपाल शीर्ष स्थानमा उक्लनेछ । भारत पनि नेपाललाई हराएर दोस्रो जित निकाल्न चाहन्छ ।

भारत २ खेलमा ३ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । फाइनलमा स्थान बनाउन भारतलाई नेपालविरुद्धको खेल जित्नुपर्ने दबाब रहेको छ ।

५ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । नेपालले आफ्नो अन्तिम खेलमा बङ्गलादेशसँग मङ्गलवार प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्