खेलकूद

लिभरपुलले जित्यो कम्युनिटी शिल्डको उपाधि

हिमालय टिभी
२०७९ साउन १५ गते ७:३२
लिभरपुलले जित्यो कम्युनिटी शिल्डको उपाधि

१५ साउन २०७९ काठमाडौं । लिभरपुलले कम्युनिटी शिल्डको उपाधि जितेको छ ।

गएराति म्यानचेष्टर सिटीलाई ३–१ गोलले पराजित गर्दै लिभरपुलले उपाधि उचालेको हो । किंग्स पावर रंगशालामा ट्रेन्ट एलेक्सान्डर आर्नोल्डले लिभरपुललाई अग्रता दिलाएका थिए । ७०औं मिनेटमा सिटीका जुलियन अल्भारेजले गोल गर्दै खेल १–१ को बराबरी गरे ।

त्यसपछि ८३औं मिनेटमा मोहमेद सलाह र इञ्जुरी समयमा डार्विन नुनेजले गोल थपेपछि लिभरपुल ३–१ ले विजयी भयो । यो लिभरपुलको १६ औं कम्युनिटी शिल्डको उपाधि यो । यसअघि उसले २००६ मा उपाधि जितेको थियो ।

प्रिमियर लिग विजेता र एफए कप विजेता टोलीबीच कम्युनिटी शिल्डको उपाधिका लागि प्रतिस्पर्धा हुन्छ । सिटी प्रिमियर लिगको विजेता टोली हो भने लिभरपुलले एफए कप जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्